११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

स्वर्णिम नवौं रेडियन्ट कपको क्वाटरफाइनलमा

काठमाडौँ — स्वर्णिम स्कुल मंगलबार नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ क्वाटरफाइनल पुगेको छ ।

स्वर्णिम नवौं रेडियन्ट कपको क्वाटरफाइनलमा

आयोजक रेडियन्ट पब्लिकको कोर्टमा स्वर्णिमले साइ निलायमलाई १०–६ स्कोरले हरायो । स्वर्णिमकी नितिशा महर्जनले ५ स्कोर जोडिन् ।

जुनियर ब्वाइजमा आयोजक रेडियन्टले साइ निलायमलाई १९–४ ले, इडेन ब्रिज एकेडेम (इबीए) ले पिपुल्स एकेडेमीलाई २२–४ ले र सिर्जना ज्ञान सागरले रेडियन्ट रिडर्सलाई २०–६ ले हराएर क्वाटरफाइनल सुरक्षित गरे । रेडियन्टका अर्नवजंग कार्कीले ७, इबीएका आदित्य श्रेष्ठले ९ र ज्ञान सागरका प्रिमल तामाङले ९ स्कोर गरे । लिग खेलमा ग्रिनफिल्डले ग्रिन लन्सलाई २३–३ ले हरायो । ग्रिनफिल्डका रिसन तामाङले ७ स्कोर जोडे ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्किब्सलाई ३५–४, जेनिथले केभीसीलाई ४१–१६, रेडियन्ट पब्लिकले रेडियन्ट रिडर्सलाई ४३–२२ र पिपुल्सले विस्डमलाई ३४–१२ ले हराएर प्रिक्वाटरफाइनल यात्रा तय गरे । ग्रिनफिल्डका पूजन उप्रेतीले ११, जेनिथका अनिश गुरुङले ८, रेडियन्टका सन्तोष शर्माले १६ र पिपुल्सका सरोज न्यौपानेले १० स्कोर गरेका थिए ।

प्रकाशित : मंसिर १३, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?