१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एसिया रग्बीबाट घिसिङ सम्मानित

काठमाडौँ —  एसिया रग्बीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ । नेपाल रग्बी संघका पूर्वअध्यक्ष समेत रहेका घिसिङलाई नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएवापत सम्मान गरिएको हो ।

एसिया रग्बीबाट घिसिङ सम्मानित

उज्वेकिस्तानको तास्केन्दमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा घिसिङले उक्त अवार्ड पाएका थिए । सदस्य–सचिव घिसिङ सन् २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएएता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए ।

दुई वर्षअघि उनी राखेप सदस्य–सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए । नेपाली रग्बीले सन् २०१८ मा एसिया रग्बी र यसै वर्ष विश्व रग्बीबाट पूर्ण सदस्यता पाएको हो ।

प्रकाशित : मंसिर १२, २०८० ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?