१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

रात्रिकालीन टेबलटेनिस हुने

काठमाडौँ — एक मात्र रात्रिकालीन टेबलटेनिस प्रतियोगिता दाबी गरिएको ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिसको पाँचौं संस्करण मंगलबारदेखि सुरु हुने भएको छ ।

रात्रिकालीन टेबलटेनिस हुने

ललितपुर महानगरपालिका वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा प्रतियोगिताका खेलहरू आयोजना हुनेछन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ११, ललितपुर जिल्ला टेबलटेनिस संघ, खोल्चा पुखु खेलकुद उपसमिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा झन्डै ५ सय ५० खेलाडीले सहभागिता जनाउने अपेक्षा आयोजकको छ । ललितपुर महानगरपालिकाभित्रका खेलाडीहरूले मात्र वडाको प्रतिनिधिका रूपमा प्रतियोगिताका खेल खेल्न पाउँछन् ।

प्रतियोगिता मूल समारोह समितिका संयोजक नदिमरत्न शाक्यले दर्शकका लागि प्यारापिट बनाएर खुल्ला रूपमा खेलहरू आयोजना गरिने जनाए । उनका अनुसार साँझ ६ देखि ११ बजे रातिसम्म प्रतियोगिताका खेलहरू आयोजना हुनेछन् । १६ इभेन्ट्सका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको अनुमानित बजेट २५ लाख रहेको छ, जसमा ललितपुर महानगरपालिका वडा नम्बर ११ ले १० लाख र ललितपुर महानगरपालिकाले ४ लाख उपलब्ध गराउनेछ ।

टेबलटेनिस प्रशिक्षक राजेन्द्र कपालीले प्रतियोगिता नेपालकै नमुना भएको जनाए । उनले भने, ‘झन्डै ५० वर्षअघिसम्म यो प्रतियोगिता निरन्तर आयोजना भएको इतिहास छ । त्यसपछि यो प्रतियोगिता ३० वर्षसम्म आयोजना हुन सकेन । अहिले आएर यो निरन्तर हुन लागेको छ ।’

प्रकाशित : मंसिर १०, २०८० २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?