१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जावलाखेलले जित्यो काभ्रे ह्विलचेयर बास्केटबल 

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेको पनौती नगरपालिका–५ स्थित काठमाडौं विश्वविद्यालयको हाइस्कुलमा शनिबार प्रथम काभ्रे पुरुष ह्विलचेयर बास्केटबल प्रतियोगितामा जावलाखेलले उपाधि जितेको छ । 

जावलाखेलले जित्यो काभ्रे ह्विलचेयर बास्केटबल 

मेरुदण्ड पक्षघात संघ काभ्रेले आयोजना गरेको ह्विलचियर बास्केटबलमा जावलाखेलले त्रिभुवन आर्मी क्लबको टिमले १५–१० ले हराएर उपाधि जितेको थियो ।

प्रतियोगिताको वाग्मती प्रदेशका खानेपानीमन्त्री तीर्थ लामाले उद्घाटन गरेका थिए । मन्त्री लामाले अपांगता भएका व्यक्तिभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रतियोगिताले मदत पुग्ने बताए । अपांगता भएका व्यक्तिको प्रतिभा प्रस्फुटन गराउन वाग्मती प्रदेश सरकारले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता उनले जनाए ।

मेरुदण्ड पक्षघात समूह तेस्रो स्थानमा भयो । विजेता जावलाखेलले २५ हजार, आर्मीले २० हजार र आयोजक समूहले १५ हजार रुपैयाँ पुरस्कार तथा ट्रफी पाए ।

मेरुदण्ड पक्षघात समूह काभ्रेका अध्यक्ष महेश्वर थापाले प्रतियोगितामा ६ टिमको सहभागिता रहेको बताए ।

विजेतालाई जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले पुरस्कृत गरे । खेलाडीलाई देशको सम्पत्तिको रूपमा चिनेर सम्पत्तिको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : मंसिर ९, २०८० २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?