कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

इटाली युरो-२०२४ का लागि छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन इटाली सन् २०२४ को युरोका लागि सोमबार छनोट भएको छ । छनोटको आफ्नो अन्तिम खेलमा युक्रेनविरुद्ध तनावपूर्ण गोलरहित बराबरी खेलेपछि इटालीले जर्मनीमा अर्को वर्ष हुने प्रतियोगिताको टिकट काटेको हो ।

इटाली युरो-२०२४ का लागि छनोट

इटालीसँगै चेक गणतन्त्र र स्लोभेनिया पनि अबको युरोका लागि छनोट भएका छन् । प्रतियोगितामा सिधा प्रवेशका लागि इटालीलाई युक्रेनविरुद्धको खेलमा हार टार्न आवश्यक थियो ।

समूह ‘सी’ को यस खेलमा इटाली पराजित भएको भए, अर्को महिना हुने प्ले–अफबाट गुज्रिनु पर्ने थियो । सन् २०१८ र २०२२ को विश्वकपमा छनोट हुन असफल इटालीले सन् २०२१ को युरो भने जितेको थियो ।

प्रकाशित : मंसिर ५, २०८० ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?