‘शिक्षामा बुद्धिचाल’ कार्यक्रम

काठमाडौँ — नेपाल बुद्धिचाल महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ ।

महासंघले सोमबार आगामी पाँच वर्षका लागि शिक्षामा बुद्धिचाल कार्यक्रम घोषणा गरेको हो । सुरुमा वाग्मती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयमा बुद्धिचाल खेलका प्रशिक्षक दिने र त्यसपछि प्रत्येक स्कुलमा बुद्धिचाल प्रतियोगिता गरी २–२ खेलाडी छनोट गर्नेछ ।
त्यसपछि छनोट खेलाडीबीच प्रदेशस्तरीय प्रतियोगिता गराएर कम्तीमा १० खेलाडीलाई कक्षा ५ देखि १२ कक्षासम्म अध्ययनका लागि निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ ।
कार्यक्रम ५ वर्ष चल्ने र भविष्यमा अन्य प्रदेशमा पनि विस्तार गरिँदै लगिने बताइएको छ । महासंघले कार्यत्रमका लागि प्याब्सन वाग्मती प्रदेशसँग पाँचवर्षे सम्झौतासमेत गरेको छ । कार्यबाहक अध्यक्ष हेराकाजी महर्जन र प्याब्सन वाग्मती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले सम्झौतापत्र आदानप्रदान गरे ।
प्रकाशित : मंसिर ५, २०८० ०७:२१