१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

हेटौंडा च्यालेन्ज कप : सिमराको विजय सुरुआत

प्रताप विष्ट

हेटौंडा — हेटौंडामा सुरु भएको २१ वर्ष मुनिको हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगितामा नवजनजागृति युवा क्लब सिमराले विजय यात्रा सुरु गरेको छ । 

मंगलबार भएको उद्घाटन खेलमा हेटौंडाको नागस्वती युवा क्लबलाई सडनडेथमा हराउँदै सिमराले विजय सुरुआत गरेको हो । निर्धारित समयमको खेल तथा टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत निर्णय लिइएको थियो । निर्धारित समयमा दुवै टिमले २/२ गोलको बराबरी खेलेका थिए ।

गोर्खा, बारा र पर्साको तीनसहित १४ वटा टिमको सहभागिता रहेको प्रतियोगिता मंसिर १३ गतेसम्म चल्ने छ । प्रतियोगताको विजेताले एक लाख ११ हजार ११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कारको व्यवस्था छ ।

'राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारासहित आयोजना भएको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै बानियाँले खेलसहित उपमहानगरको सर्वाङ्गीण विकासमा लागिपरेको बताए । खेल खेलेरै जीवन धान्न नसक्ने अवस्था देख्दै खेलाडीहरु विदेसिने अवस्था आउनु दुखःद् भएको उनको भनाइ थियो ।

मकवानपुरका पूर्व 'ए’ डिभिजन खेलाडी सुविन घिमिरेले नेतृत्व गरिरहेको एफसी मुण्डियालले उनकै पिता सुदर्शन घिमिरेको स्मृतिमा यु–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रकाशित : मंसिर ५, २०८० १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?