कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नेपाली बक्सिङ खेलाडी प्रतिस्पर्धाका लागि अर्मेनिया

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बक्सर नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म अर्मेनियाको येरेभानमा हुने १६ वर्षमुनि उमेर समूहको प्रतियोगितामा नुर्बुले पुरुष ७० केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली बक्सिङ खेलाडी प्रतिस्पर्धाका लागि अर्मेनिया

नुर्बुको यो डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उनका प्रशिक्षकमा लालबहादुर पौडेल छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले सोमबारै बिदाइ गरे । बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा एक बाउट जितका लागि २५ हजार पुरस्कार घोषणा गरेका छन् ।

सोही अवसरमा श्रेष्ठले चीनको हाङचउमा भएको १९ औं एसियाली खेलकुदको बक्सिङमा एक बाउटमा जित हात पारेका रविन थापालाई प्रोत्साहनस्वरुप पूर्वघोषित १० हजार पुरस्कार प्रदान गरे । रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।


प्रकाशित : मंसिर ४, २०८० १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?