कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

फिफा विश्वकप-२०२६ छनोट : नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै

टिकटदर सामान्यतर्फ ४ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल फिफा विश्वकप-२०२६ र एएफसी एसिया कप-२०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन् । 

फिफा विश्वकप-२०२६ छनोट : नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै

छनोट खेलको लागि अखिल नेपाल फुटबल संघले सम्पूर्ण तयारी पूरा गरेको पनि उनले बताएका छन् । त्यस्तै दोस्रो चरणको सम्पूर्ण खेलको व्यापारिक तथा मिडिया अधिकार सिंगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको छ ।

यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ ।

खेलको लागि यमनको राष्ट्रिय टोली नेपाल आइसकेको र प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ । नेपाल भने १७३औं स्थानमा रहेको छ ।

विश्वकप एसिया छनोटमा नेपाल समूह 'एच' मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेको छ । नेपालले पहिलो खेलमा यूएईसँग ४-० को हार बेहोरेको थियो ।

प्रकाशित : मंसिर ४, २०८० १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?