कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

विश्वकप फाइनल : भारतीय ब्याटिङ क्रम दबाबमा

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका स्टार ब्याट्स्म्यानहरू पेभेलियन फर्किएसँगै विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाली टोलीले दबाब कायम गर्न सफल भएको छ । विश्वकप फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतलाई पहिलो ब्याटिङ गर्न बोलाएको हो । फाइनल खेल अहमदावादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भइरहेको छ ।  

विश्वकप फाइनल : भारतीय ब्याटिङ क्रम दबाबमा

भारतका ओपनर शुभमन गिल मात्र ४ रन बनाएर मिचेल स्टार्कको बलमा आउट भएका थिए । ३० रनमा पहिलो विकेट गुमाएको भारतले दोस्रो विकेट ७६ रनमा गुमाएको थियो । भारतीय कप्तान रोहित शर्मा अर्ध सतक बनाउन केवल ३ रनले चुके । उनले ३१ बलमा ४७ रन बनाउँदा म्याक्सवेलको बलमा ट्राभिसद्वारा मिड अफमा उत्कृष्ट क्याच गरेपछि पेभेलियन फर्किए ।

त्यसपछि ब्याटिङमा आएरुका श्रेयस अैय्यर पनि मात्र ४ रन बनाएर आउट भएपछि भारतमाथि दबाब बढ्न थालेको थियो । विराट कोहली र केएल राहुलले सम्हालिएको पारी खेलिरहेको अवस्थामा कोहली ५४ रनको व्यक्तिगत स्कोरमा क्युम्मिन्सको बलमा बोल्ड भएपछि भारतको ठूलो योगफल खडा गर्ने सम्भावना क्षिण हुँदै गएको छ । यद्यपी केएल राहुल र रविन्द्र जडेजा क्रिजमा रहेसम्म अस्ट्रेलियालाई फाइनल खेलमा चुनौती पूर्ण लक्ष्य दिन भारत सफल हुन सक्छ ।

यो समाचार तयार पार्दासम्म भारतले ३२ ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको छ । भारतका लागि राहुलले ४५ तथा जडेजाले ५ रन बनाएर खेलिरहेका छन् ।

प्रकाशित : मंसिर ३, २०८० १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?