कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

विश्वकप फाइनल : भारत पहिलो ब्याटिङ गर्दै

कान्तिपुर संवाददाता

एकदिवसीय विश्वकप फाइनल खेलमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ । अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर आयोजक राष्ट्र भारतका कप्तान रोहित शर्मालाई पहिले ब्याटिङ गर्न निम्तो दिएका हुन् ।

विश्वकप फाइनल : भारत पहिलो ब्याटिङ गर्दै

नेपाली समयअनुसार आइतबार सवा २ बजे सुरु खेलमा भारतले पहिले ब्याटिङ गर्दैछ । भारत र अष्ट्रेलियाले सेमिफाइनलमा खेलेकै टिमलाई फाइन खेलका लागि मैदानमा उतारेको छ ।

भारत न्यूजिल्यान्डलाई पराजित गरेर फाइलन पुगेको थियो भने अष्ट्रेलिय दक्षिण अफ्रिकालाई हराएर फाइनलमा पुगेको हो । अष्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकप जितेको छ भने भारतले दुई पटक विश्वकप जितेको इतिहास छ ।

अहमदावादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा विश्वकप फाइनल खेल भइरहेको हो ।

प्रकाशित : मंसिर ३, २०८० १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?