कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

महिला टी–२० सिरिज : जापानसामु जितका लागि ११६ रनको लक्ष्य   

कान्तिपुर संवाददाता

काठमाडौँ — चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानका लागि अहिले खेल भइरहेको छ । नेपालले जापानसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

महिला टी–२० सिरिज : जापानसामु जितका लागि ११६ रनको लक्ष्य   

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनायो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् ।

बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् ।

अहिले जापानले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा जापानले १४ ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ । बलिङतर्फ नेपालकी संगीता राई र इन्दू बर्माले एक/एक विकेट लिएकी छिन् ।

प्रकाशित : मंसिर ३, २०८० १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?