कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

नेदरल्यान्ड्स युरोकपमा छनोट

एजेन्सी

पेरिस — नेदरल्यान्ड्ससँगै रोमानिया र स्विट्जरल्यान्ड शनिबार युरोकपका लागि छनोट भएका छन् । छनोटको समूह ‘बी’ को खेलमा नेदरल्यान्ड्सले आयरल्यान्डलाई १–० ले पराजित गर्‍यो र यो जित उसका लागि छनोट हुन पर्याप्त रह्यो ।

डच टिमको जितमा वाउट वेघोस्टले निर्णायक गोल गरे । यो जितपछि नेदरल्यान्ड्स १५ अंकसहित समूहको दोस्रो स्थानमा रह्यो । त्यस अगाडि शीर्षमा रहेको फ्रान्सले जिब्राल्टरलाई १४–० ले हराएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा फ्रान्सको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो । समूह ‘आई’ बाट भने रोमानिया र स्विटजरल्यान्ड छनोट हुन सफल रहे । रोमानियाले इजरायललाई २–१ ले हरायो भने स्विस टिमले कोसोभोसँग १–१ को बराबरी खेल्यो । रोमानिया १९ अंकमा समूहको शीर्षमा छ भने उसको पछाडि स्विट्जरल्यान्ड १७ अंकमा छ ।

प्रकाशित : मंसिर ३, २०८० ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?