१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

कबड्डीमा नेपाल इरानसँग पराजित

कान्तिपुर संवाददाता

हाङचउ — नेपाल १९ औं एसियाली खेलकुदको महिला कबड्डीमा इरानसँग ४३–१९ ले पराजित भएको छ । इरान पछिल्लो एसियाली खेलकुदको महिला कबड्डीमा स्वर्ण पदक विजेता हो । यो जितपछि इरान प्रतियोगिताको सेमिफाइनल पुग्ने पनि निश्चित जस्तै भएको छ ।  

कबड्डीमा नेपाल इरानसँग पराजित


पहिलो हाफमा इरान ३३/१६ ले अगाडि थियो । नेपालले यसअघि समूह बी को खेलमा बंगलादेशलाई हराएको थियो । इरानविरुद्धको खेल गुमाए पनि प्रतियोगितामा नेपालको पदक जित्ने सम्भावना जीवन्त रहेको छ ।

समूहको अन्तिम खेलमा इरानले बंगलादेशको सामना गर्दैछ र त्यसको नतिजाले नेपालको पदक सम्भावनाको स्थिति प्रस्ट पार्नेछ ।

प्रकाशित : आश्विन १६, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?