११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नेपालविरुद्ध भारतको आक्रामक ब्याटिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — १९औं एसियाडको पुरुष क्रिकेट क्वार्टरफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा आक्रामक ब्याटिङ गर्दै भारतले एक विकेटको क्षतिमा १०.५ ओभरमा १०५ रन पुर्‍याएको छ ।

नेपालविरुद्ध भारतको आक्रामक ब्याटिङ

नेपालको तर्फबाट दीपेन्द्रसिंह ऐरीले ९.५ ओभरमा एक विकेट लिँदै गाइक्वाडलाई आउट गरेका थिए ।

भारतका ओपनर यशस्वी जयसवालले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ७२ रन बनाएका छन् भने उनीसँगै आएका रुतुराज गाईक्वाडले २२ बलमा २५ रन बनाएका छन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले आक्रामक ब्याटिङ गरेसँगै नेपाल दबाबमा देखिएको छ ।

प्रकाशित : आश्विन १६, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?