कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
एसियाली खेलकुद २०२३

कबड्डीबाट पदक आउने निश्चित

हिमेश

हाङचउ — अन्ततः नेपालले १९ औं एसियाली खेलकुदमा पदक जित्ने निश्चित भएको छ । महिला कबड्डीमा नेपालले सोमबार बंगलादेशलाई ३७-२४ ले हराएपछि कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको हो । प्रतियोगिता औपचारिक रूपमा सुरु भएको दस दिनपछि नेपालको पदकको खाता खोल्ने भएको हो ।

कबड्डीबाट पदक आउने निश्चित

यससँगै नेपाली इतिहासमै कबड्डी एउटा ठूलो सफलता चुमेको छ । यो जितपछि नेपाल सेमिफाइनल पुग्ने निश्चित भएको हो । नेपाल पहिलो हाफमा २१-१६ ले अगाडि रहेको थियो ।

महिला कबड्डीमा कुल सात टिमको सहभागिता रहेको छ । त्यसमध्ये समूह ‘ए’ मा चार टिम रहेका छन्, भारत, चिनिया ताइपेयी, थाइल्यान्ड र दक्षिण कोरिया । समूह ‘बी’ मा भने नेपाल र बंगलादेशसँगै इरान रहेका छन् । कबड्डीमा तेस्रो स्थानका लागि थप खेल हुने छैन् ।


नेपालले बंगलादेशलाई पछिल्लो १३ औं दक्षिण एसियाली खेलकुदमा पनि पराजित गरेको थियो ।

प्रकाशित : आश्विन १५, २०८० ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?