कराते टोली बंगलादेशतिर


काठमाडौँ — बंगलादेशमा यही सेप्टम्वर २२ देखि हुने दोस्रो आमन्त्रण कराते च्याम्पियनसिपमा भाग लिन नेपाली कराते टोली मंगलबार त्यसतर्फ गएको छ । नेपाल सितोरियो कराते संघका प्रवक्ता अन्तर्राष्ट्रिय रेफ्री गजेन्द्रबहादुर खपाङ्गीको नेतृत्वमा गएको टोलीका प्रशिक्षकमा आरबी गुरुङ रहने छन् ।


प्रतियोगितामा ५५ केजीमुनि बुद्धिमान माझी, ६० केजीमुनि वीरबहादुर कुमाल, ६७ केजीमुनि विजय रिमाल र ७५ केजीमुनि अभिषेक वाइबाले प्रतिस्पर्धा गर्नेछन । जुनियर इभेन्टतर्फ ५५ केजीमुनि नितास माझीले प्रतिस्पर्धा गर्नेछन् भने चिल्ड्रेन इभेन्टमा पुरुष ९–१० वर्षमा सुशान्त खड्काले, ११–१२ वर्ष पुरुषमा कुशल खत्री, १२–१३ वर्षमा सिद्धार्थ खनाल र ११–१२ वर्ष महिलामा प्रास्ना ढकालले प्रतिस्पर्धा गर्नेछन् । टोली अफिसियलमा विजयकुमार बस्नेत, गणेश ढकाल, पुष्पराज गिरी र ऐटन कुमार मल्ल छन् ।
प्रकाशित : आश्विन २, २०८० २२:१८