मेगस, स्वर्णिम र जनसेवाको जित

कान्तिपुर संवाददाता

काठमाडौँ — रेडियन्ट पब्लिकका दुवै टिम, आयोजक पुष्पसदन, रेडियन्ट पब्लिक, जनसेवा, स्वर्णिम र आईएमएस स्कुल तेस्रो संस्करणको पुष्पसदनको बास्केटबल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न अन्य खेलहरूमा विजयी भएका छन् ।

मेगस, स्वर्णिम र जनसेवाको जित

जुनियर ब्वाइजतर्फ जनसेवाले राराहिललाई १०–५ को अन्तरमा हराएको छ । जनसेवाबाट सबै १० स्कोर लुजा महर्जनले गरे । रेडियन्टले ग्रिनफिल्ड स्कुललाई २६–९ को स्कोरमा पराजित गर्‍यो । रेडियन्टका रिबुसले ७ स्कोर गरे । सिनियर ब्वाइजतर्फ पुष्पसदनले एलआरआई स्कुललाई २३–१९ को स्कोरमा पराजित गर्‍यो । एलआरआईका मन्दीप गुरागाईंले सर्वाधिक १३ स्कोर गरे ।

सिनियर ब्वाइजतर्फ नै रेडियन्टले ज्ञानोदय स्कुललाई ५४–४९ स्कोररले हराएको छ । रेडियन्टका लमिक योञ्जनले सर्वाधिक २४ स्कोर गरे । स्वर्णिम स्कुलले मंगल माविलाई २४–१४ स्कोररले हराएको छ । स्वर्णिमका रोजितले सर्वाधिक ९ स्कोर गरे । आईएमएसले हिलटाउनलाई २४–११ को अन्तरमा हरायो । आईएमएसका नेल्सन श्रेष्ठले सर्वाधिक ७ स्कोर गरे ।

आशिष थापा मगरको उत्कृष्ट प्रदर्शनसँगै मेगस इङ्लिस स्कुलले राराहिल मेमोरियल स्कुललाई १४ स्कोरको अन्तरले पराजित गरेको छ । पुष्पसदनको बास्केटबल कोर्टमा मेगसले ६२–४८ को स्कोरमा विजयी नतिजा निकाल्यो । मेगसबाट आशिष एक्लैले ५९ स्कोर गरे ।

प्रकाशित : आश्विन १, २०८० ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्