कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दिनेशको टिमलाई प्रिमियर गल्फको प्रो–एम

काठमाडौँ — व्यावसायिक गल्फर दिनेश प्रजापतिको टिमले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम उपाधि जितेको छ । गोकर्ण गल्फ क्लबमा शनिबार दिनेशसहित एमेच्योर गल्फर समिर आचार्य, प्रताप बोहरा र अर्जुनकुमार कार्कीले कुल १६२ अंकसहित उपाधि जिते । दिनेश र समिरले ४१–४१ अंक जोडे भने प्रताप र अर्जुनले ४०–४० अंक बटुले ।

दिनेशको टिमलाई प्रिमियर गल्फको प्रो–एम

प्रो भुवन‌ नगरकोटी र एमेच्योर टासी छिरिङ, उज्ज्वल प्रधानाङ्ग र सुनील कार्कीको टोली १५३ अंकसहित दोस्रो स्थान रह्यो । भुवन, उज्ज्वल र सुनीलले समान ३८ अंक जोड्दा टासीले ३९ अंक बटुलेका थिए ।

धरानका प्रो बलभद्र राई र एमेच्योर गल्फर भाइराजा पाण्डे, काल्साङ लोधे शेर्पा र राजु थकालीको टिम १५१ अंकसहित तेस्रो भयो । बलभद्रले ३७ अंक जोडे । भाइराजा, काल्साङ र राजुले समान ३८ अंक बनाए ।

महिलातर्फको उपाधि रेखा घिमिरेले जितिन् । रेखा र आइन्स्टिना टण्डनले समान ३४ अंक जोडेपछि विजेता छिनोफानो काउन्टब्याकका आधारमा गरिएको हो । रेखाले १८ अंक र १३ वर्षीया आइन्स्टिनाले १७ अंक जोडका थिए ।‌ मन्दीप केसी र भाइराजा पाण्डेले क्रमशः लङगेस्ट ड्राइभ र क्लोजेस्ट टु द पिनको उपाधि हात पारे ।

स्टेबलफोर्ड ३/४ ह्यान्डीक्यापका आधारमा खेलाइएको प्रतियोगितामा २५ प्रोसहित १ सय ३५ गल्फरले भाग लिएका थिए । खेलाडीलर्य सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायबरम, कर्पोरेट भाइस प्रेसिडेन्ट रवि केसीलगायतले पुरस्कृत गरे ।

प्रिमियर गल्फ च्याम्पियनसिपको मुख्य उपाधि अघिल्लो दिन सुवास तामाङले जितेका थिए । उनी सागका दोहोरो स्वर्णधारी हुन् ।

प्रकाशित : जेष्ठ २७, २०८० २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?