१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ग्रिनल्यान्ड, भ्याली र गोल्डेनपिक च्याम्पियन

काठमाडौँ — ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

ग्रिनल्यान्ड, भ्याली र गोल्डेनपिक च्याम्पियन

शनिबार ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक गर्ल्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन भएका हुन् ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ ले हरायो । ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ स्कोर जोडे ।

सिनियर गर्ल्सको फाइनलमा भ्याली पब्लिकले पृथ्वीलाई ३१–२२ ले हरायो । भ्यालीकी अनिता गुरुङले ११ स्कोर जोडिन् ।

जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले किङडम हिमालयनलाई ३२–२२ ले हरायो । गोल्डेनपिकका अमन गुरुङले १३ स्कोर गरे । तीनै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गर्ल्समा भ्याली पब्लिक मुस्कान गुरुङ र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ मोस्ट भ्यालएबल प्लेयर घोषित भए । उनीहरुले जनही १ हजार ५ सय पाए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल, सिनियर गर्ल्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा किङडमका लोप्साङ तामाङ उत्कृष्ट थ्री प्वाइन्टर चुनिए । भ्यालीका अनमोल गुरुङ, पृथ्वीकी बविता घिमिरे र गोल्डेनपिकका पासाङ टासी शेर्पा आफ्नो विधामा सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर उद्धवप्रसाद खरेललगायतले पुरस्कृत गरे । आयोजकले बास्केटबल विकास र विस्तारमा योगदान पुर्‍याएवापत बास्केटबलका प्रशिक्षकत्रय पूर्ण न्यौपाने, नारायण खवास र मीनबहादुर खड्कालाई नगदसहित सम्मान गरेको थियो ।

प्रकाशित : जेष्ठ २७, २०८० २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?