१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अस्ट्रेलियामाथि भारतको झिनो आशा

काठमाडौँ — भारतले वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको तेस्रो दिन शुक्रबार अस्ट्रेलियामाथि केही दबाब सिर्जना गर्दै आफ्नो झिनो आशा कायम राखेको छ । अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा चार विकेट गुमाएर १ सय २३ रनमा रोकिएको छ ।

अस्ट्रेलियामाथि भारतको झिनो आशा

यससँग अस्ट्रेलिया समग्रमा २ सय ९६ रनले अगाडि रह्यो । पिच भने ब्याटिङका लागि निकै कठिन सावित भइरहेको छ । त्यस अगाडि भारत आफ्नो पहिलो इनिङ्समा २ सय ९६ रन बनाउन सफल रह्यो ।

अजिन्के रहाने र सार्दुल ठाकुरले सातौं विकेटका लागि १ सय ९ रनको साझेदारी गरेपछि भारत सम्हालिएको हो । त्यसमा रहानेले ८९ र ठाकुरले ५१ रन बनाए ।

प्रकाशित : जेष्ठ २७, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?