कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नेपाली बास्केटबल टोली माल्दिभ्स जाने

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले माल्दिभ्समा फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप खेल्ने भएको छ । जुन १४ देखि जुन २२ सम्म हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए ।

नेपाली बास्केटबल टोली माल्दिभ्स जाने

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहने बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।

खेलाडीमा सदीश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश रखाल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, असिम श्रेष्ठ र श्रेयशबहादुर शाह छन् ।

प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । टोली सोमबार माल्दिभ्स जानेछ । टोलीलाई आवश्यक पोसाक लिनिङले प्रायोजन गरेको छ ।

प्रकाशित : जेष्ठ २६, २०८० २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?