कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सद्भावको दुई स्ट्रोकले अग्रता

काठमाडौँ — एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बिहीबार दुई स्ट्रोकको अग्रता लिएर शीर्षस्थानमा पकड बनाएका छन् । राष्ट्रिय टिमका गल्पर उनले अन्तिम १८ होलको खेल बाँकीमा एकल अग्रता लिएका हुन् ।

सदभावले तेस्रो दिन ७ अन्डर ६५ को उत्कृष्ट स्कोर बनाए । उनी समग्रमा १६ अन्डर २०० को सानदार स्कोरमा छन् । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ उनको पछि छन् । दोस्रो दिन संयुक्त अग्रता बनाएका सुवासले ५ अन्डर ६७ खेल्दै समग्रमा १४ अन्डर २ सय २ को स्कोरसहित तल झरे । प्रोफेसनल गल्फरलाई पछि पार्दै दुई एमेच्योरले अन्तिम १८ होलको खेल बाँकी छँदा दाबेदारी प्रस्तुत गरेका छन् ।

२ अन्डर ७० को कार्ड बनाएका धरानका नीरज तामाङ समग्रमा ८ अन्डर २ सय ८ सहित तेस्रो स्थानमा छन् । डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्रबहादुर राईले१ अन्डर ७१ को स्कोर गरे । समग्रमा उनी ७ अन्डर २ सय ९ सहित चौथो स्थानमा रहे । शुक्र भने सद्भावभन्दा ९ स्ट्रोकले पछि परिसकेका छन् ।

समग्रमा ५ अन्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटीले संयुक्त पाँचौं स्थान बााडे । दिनेशले ४ अन्डर ६८ र भुवनले १ अन्डर ७१ मा खेल टुंग्याए । इभन पार ७२ को स्कोरमा समग्रमा ३ अन्डर २ सय १३ सहित जयराम श्रेष्ठ सातौं स्थानमा रहे । पूर्णप्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २ अन्डर २ सय १४ सहित संयुक्त आठौं स्थान बाँडे । पूर्णले ६ अन्डर ६६ र शिवरामले १ ओभर ७३ मा तेस्रो दिनको खेल सके । ३ ओभर ७५ को स्कोर निकालेका तोरणविक्रम शाही समग्रमा १ अन्डर २ सय १५ सहित दसौं स्थानमा छन् ।

एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा छन् । दुई ओभर ७४ खेलेका उनले समग्रमा ३ ओभर २ सय १९ स्कोर बनाए । युवा गल्फर सदभावले लगातार दोस्रो दिन ७ अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्टनाइन २ अन्डर ३४ मा सकाए । सदभावले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र छैटौं होलमा बोगी खेपे । यसपछि ब्याकनाइनमा लोभलाग्दो प्रदर्शन गर्दै ११, १२, १४, १५ र १६ औं होलमा पाँच बर्डी प्रहार गरे । उनले ब्याकनाइन ५ अन्डर ३१ मा सकेका थिए । सुवासले फ्रन्टनाइन ४ अन्डर ३२ मा सक्दा पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा एक–एक शट बचाए । छैटौं होलमा बोगी प्रहार गरे । ब्याकनाइन भने १ अन्डर ३५ मा पूरा गरे । १२, १६ र १८ औं होलमा बर्डी प्रहार गरे पनि १० र १४ औं होलमा एक–एक शट खेर फाले ।

नीरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे । पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ५ अन्डर ३१ मा सकाए । ब्याकनाइनमा उनले लय गुमाए । ११ र १२ औं होलमा शट बचाए । तर १४ र १६ औं होलमा बोगी खेप्दा १५ औं होलमा ट्रिपल बोगी प्रहार गरे ।

शुक्रले फ्रन्टनाइन १ अन्डर ३५ र ब्याकनाइन इभन पार ३६ मा सकेका थिए । उनले पहिलो, चौथों, नवौं, १५ औं र १७ औं होलमा एक–एक शट बचाए । सातौं, आठौं, ११ र १३ औं होलमा बोगी खेपे ।

प्रकाशित : जेष्ठ २६, २०८० ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?