१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

तेक्वान्दो लिग आजदेखि

काठमाडौँ — नेपाल तेक्वान्दो संघको आयोजनामा पहिलो एनटीए ओपन ग्यारोगी लिग तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ । शुक्रबार सुरु हुनेछ । तीनदिने प्रतियोगितामा करिब १ हजार खेलाडीले भाग लिने आयोजकले जनाएको छ ।

तेक्वान्दो लिग आजदेखि

सिनियरतर्फ १८ तौल समूह, जुनियर र क्याडेटतर्फ ६–६ र चिल्ड्रेनतर्फ ८ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी गराए । प्रतियोगितामा आर्मी, पुलिस, एपीएफसहित सातै प्रदेशका खेलाडीले भाग लिनेछन् । आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दले प्रतिभावान र सम्भावित खेलाडी पहिचान गर्दै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गर्ने लक्ष्य रहेको बताए ।


प्रकाशित : जेष्ठ २६, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?