कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाललाई महिला एसिया कप खेल्ने मौका

काठमाडौँ — नेपालले हङकङमा हुने महिला इमर्जिङ टिम्स एसिया कपमा प्रतिस्पर्धा गर्ने भएको छ । थाइल्यान्डले आन्तरिक कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने निर्णय गरेपछि आयोजक एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपाललाई खेल्न प्रस्ताव गरेको थियो ।

नेपाललाई महिला एसिया कप खेल्ने मौका

प्रतियोगिता जुन १२ देखि २१ सम्म हङकङमा आयोजना हुँदै छ । समूह ‘ए’ मा भारत र पाकिस्तान ‘ए’ टोलीसहित आयोजक हङकङ र नेपाल तथा समूह ‘बी’ मा बंगलादेश र श्रीलंका ‘ए’ टोलीसहित यूएई र मलेसिया रहेका छन् । नेपालले जुन १३ मा पाकिस्तान ‘ए’, जुन १५ मा भारत तथा जुन १७ मा हङकङसँग समूह चरणका खेल खेल्नेछ ।

एसोसिएटको शीर्ष टोली थाइल्यान्डले नखेल्ने निर्णय गरेपछि नेपाललाई चिठ्ठा परेको हो । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंहका अनुसार बुधबार राति एसीसीले नेपाली महिला टोलीलाई इमर्जिङ टिम्स एसिया कप खेल्न प्रस्ताव गरेको थियो । शुक्रबारसम्म नेपाली टोलीको भिसा आइसक्ने अपेक्षा लिएको उनले जनाए । त्यसो भएमा नेपाली महिला टोली शनिबार वा आइतबार हङकङ लाग्ने छ ।

प्रतियोगिताका लागि गत वर्ष जुनमा भएको छनोटमा नेपाल चुकेका कारण सहभागी हुन वञ्चित भएको थियो । यूएई र मलेसिया फाइनल खेल्दै इमर्जिङ टिम्स कपका लागि छनोट भएका थिए । फाइनलमा पुग्ने दुई टोली इमर्जिङ टिम्स कपलाई छनोट हुने प्रावधान रहे पनि नेपाल सेमिफाइनलमै रोकिएको थियो । नेपालले सेमिफाइनलमा यूएईलाई ८१ रनमै अलआउट गरेको थियो । तर, वर्षाका कारण थप खेल हुन नसेकपछि यूएई समूह विजेता भएर फाइनल पुग्दै उपाधि जितेको थियो ।

नेपाललले गत साता मलेसियासँग पाँच खेलको ट्वान्टी–२० क्रिकेट शृंखलामा ३–२ को सफलता हात पारेको थियो । यो मलेसियाकै भूमिमा भएको थियो ।

प्रकाशित : जेष्ठ २६, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?