भारत अस्ट्रेलियाविरुद्ध संघर्ष गर्दै

एजेन्सी

लन्डन — अस्ट्रेलियाली बलरले सटिक बलिङको नमुना पेस गरेपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको दोस्रो दिन बिहीबार भारत संघर्षरत रहेको छ । दिनको खेल समाप्त हुँदा भारतले पाँच विकेट गुमाएर १ सय ५१ रन बनाएको छ ।

भारत अस्ट्रेलियाविरुद्ध संघर्ष गर्दै

भारत अझै ३ सय १८ रनले पछाडि रहेको छ । एक समय भारत चार विकेट गुमाएर ७१ रनको खराव स्थितिमा थियो । भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ४८ रन बनाए ।

नटआउट ब्याटरमध्ये अजिन्के रहाने २९ रन बनाएर खेलिरहेका छन् र उनलाई पाँच रन बनाएका शिखर भारतले साथ दिइरहेका छन् । अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४ सय ६९ रन बनाएको थियो ।


प्रकाशित : जेष्ठ २६, २०८० ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?