१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

आयोजक बूढानीलकण्ठ विजयी

काठमाडौँ — आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र पृथ्वी बिहीबार प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

आयोजक बूढानीलकण्ठ विजयी

बीएमसीए सिनियर ब्वाइज र पृथ्वी गर्ल्समा सेमिफाइनल पुगे । ब्वाइजमा बीएमसीएले ग्रामशिक्षालाई ३६–१९ स्कोरले पराजित गर्दा पारस गुरुङले ११ स्कोर जोडे । गर्ल्समा पृथ्वीले टेरेसा एकेडेमीलाई ४१–३० ले हरायो । पृथ्वीकी बबिता घिमिरेले १९ स्कोर बटुलिन् ।

भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३६–२५ ले, ग्रिनल्यान्डले एचएचसीएलाई ५५–४८ ले र सेन्ट जोसेफले गोल्डेनपिकलाई ४६–४२ स्कोर हराएर सेमिफाइनल तय गरे । भ्यालीका सुनिल पौडेलले १४, ग्रिनल्यान्डका प्रवीण गुरुङले १९ र सेन्ट जोसेफका सुविन तामाङले १४ स्कोर जोडे ।

गर्ल्समा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ३३–२१ ले, एचएचसीएले बीएमसीएलाई २७–२२ ले र हिमालयन कङडमले ग्रिनल्यान्डलाई ३५–३२ स्कोरले हराएर सेमिफइनलमा स्थान बनाए । भ्याली पब्लिककी एन्जल गुप्ताले १२, एचएचसीएकी प्रमिका लामाले ९ र हिमालयन किङडमकी छिरिङ डोल्माले ९ स्कोर गरे ।

एलएनए र एन्जल्स हार्ट सफल

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरस्कुल बास्केटबलको जुनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् ।

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा बिहीबार एलएनएले सेक्रेट हार्टलाई १९–१२ ले हरायो । साहित पुनले १२ स्कोर गरे । आदित पुनको ८ स्कोरमा एन्जल्स हार्टले लालीगुराँस विद्याकुञ्जलाई २७–२० ले हरायो ।

मनमैंजुस्थित एलएनए कोर्टमा जुनियर ब्वाइजतर्फ स्प्रिङ भ्यालीले ल्यान्डमार्क एकेडेमीलाई १५–१२, सिर्जना ज्ञानसागरले रोजमेरीलाई २२–१२ र सिद्धार्थ मोडलले काठमाडौं शिक्षालयलाई २०–१५ ले हराए ।

सिनियर गर्ल्सतर्फ न्यु एराले एन्जल्स हार्टलाई २४–१८ ले, स्प्रिङ भ्यालीले काठमाडौं लिङकनलाई २५–१९ ले, एलएनएले सिर्जना ज्ञान सागरलाई २८–१८ ले र नर्थ प्वाइन्टले रोजमेरीलाई १९–१२ ले हराए । न्यु एराकी नर्गिमा तामाङले १४, स्प्रिङकी काभ्या अधिकारीले ८, एलएनएकी सिमरन महर्जनले २० र नर्थ प्वाइन्टकी हेमा भण्डारीले ६ स्कोर जोडे ।

प्रकाशित : जेष्ठ २५, २०८० १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?