नेपालमाथि चीनको ५ गोल

कान्तिपुर संवाददाता

काठमाडौँ — एएफसी यू–२० वुमेन्स छनोटको दोस्रो चरणमा नेपाल बिहीबार चीनसँग फराकिलो अन्तरले पराजित भएको छ । म्यानमारको योनगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा चीनले नेपालमाथि ५–० को जित रचेको हो ।

चीनका लागि ओयाङयुहयान, होउ युसी, यिन ली होङ लु जुआयु र यु जियाकीले १/१ गोल गरे । दोस्रो चरणको छनोटमा नेपालको यो लगातार दोस्रो हार हो । चीनको भने यो लगातार दोस्रो जित हो ।

यसअघि नेपाल म्यानमारसँग पराजित रहेको थियो । अब नेपालले आफ्नो अन्तिम खेलमा शनिबार चिनियाँ ताइपेयीको सामना गर्नेछ ।

प्रकाशित : जेष्ठ २५, २०८० १९:१४
प्रतिक्रिया
पठाउनुहोस्