२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले बिहीबार भारतमा हुने साफ च्याम्पियसिपका लागि २३ सदस्यीय टिम घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुन दुई साता अगाडि टिमको घोषणा गरिएको हो ।

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टिमको घोषणा

प्रतियोगितामा नेपाल समूह 'ए'मा रहेको छ र यसमा भारत, पाकिस्तान र कुवेत छन् । घोषित टिमका सदस्यमा गोलरक्षकतर्फ किरण लिम्बू, दीप कार्की र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा छन् ।

यस्तै, मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बू र आभाष लामिछाने छन् । फरवार्डमा आयुष घलान, दीपकराजसिंह ठुकरी, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनीष डांगी, आशिष चौधरी र विमलघर्तिमर छन् ।

प्रकाशित : जेष्ठ २५, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?