१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आयोजक बीएमसीए क्वाटरफाइनलमा

काठमाडौँ — आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीए प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा क्वाटरफाइनल पुगेका छन् ।

आयोजक बीएमसीए क्वाटरफाइनलमा

बीएमसीएले भद्रकालीलाई ३६–३१ ले हरायो । विजेताका सुजन तामाङ र आशिष राईले ११–११ स्कोर जोडे । एचएचसीएले युनिभर्सिटीलाई ३७–२५ ले हरायो । एचएचसीएका डेभिड राईले ११ स्कोर जोडे ।

सिनियर ब्वाइजमै ग्रिनल्यान्डले हिमालयन किङडमलाई ६१–५०, सेन्ट जोसेफले जुगललाई ४०–३०, इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञान भूमिलाई ३७–३०, गोल्डेनपिकले टीआईएलाई ५७–४० र ग्राम शिक्षाले बूढानीलकण्ठलाई ३२–२१ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनल्यान्डका सुरेश बिसीले २०, सेन्ट जोसेफका निकेश तामाङले ११, इबीएका सोहन भण्डारीले ९, गोल्डेनपिकका विजय तामाङले २४ र ग्राम शिक्षाका छेवाङ भोटेले १४ स्कोर बटुले ।

काठमाडौं वर्ल्ड विजयी

काठमाडौं वर्ल्डले तेस्रो संस्कृति कप अन्तरस्कुल बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार अध्ययनलाई ४८–४ स्कोरले पराजित गर्‍यो । मातृभूमिले भक्तपुर निस्टलाई ४८–१८, काठमाडौं भ्यालीले पिपुल्स एकेडेमीलाई ४०–३८ र आयोजक संस्कृतिले विल्सन एकेडेमीलाई ३२–२० स्कोरले हराए ।

गर्ल्समा मातृभूमिले अध्ययनलाई ३३–६, काठमाडौं भ्यालीले भक्तपुर निस्टलाई २७–८ र संस्कृतिले विल्सन एकेडेमीलाई २०–७ ले पराजित गरे ।

प्रकाशित : जेष्ठ २४, २०८० २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?