जुडो टोली किर्गिस्तान जाने

काठमाडौँ — नेपालका दुई जुडो खेलाडीले एसिया ओपन बिस्केक जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुन ९ देखि ११ सम्म हुने प्रतियोगितामा १–१ महिला/पुरुष खेलाडीले भाग लिनेछन् ।

जुडो टोली किर्गिस्तान जाने

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । सागमा इन्द्रले रजत र पुनमले स्वर्ण जितेका थिए ।

प्रशिक्षकमा पदमबहादुर बुढाथोकी र व्यवस्थापकमा नेपाल जुडो संघका सदस्य धर्मरत्न पछाईं छन् । नेपाल जुडो संघका अध्यक्ष एवं जेयुए एडुकेसन कोचिङका निर्देशक दीपकहर्ष वज्राचार्य पनि टोलीसँगै बुधबार बिस्केक जानेछन् ।

प्रकाशित : जेष्ठ २३, २०८० २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?