सर्वाधिक राशिको टेनिस जेठ अन्तिममा

काठमाडौँ — राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंले सर्वाधिक पुरस्कार राशिको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता गर्ने भएको छ । जेठ २७ देखि असार २ सम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा जुनियर र सिनियर दुवै विधा समावेश छ ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुष र महिलाको यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ तथा यू–१६ मा सिंगल्स र डबल्स स्पर्धा समावेश छन् । मेन्स र वुमेन्सको सिंगल्स/डबल्ससहित ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष र ६५ वर्षमाथि गरी ११ विधा समावेश गरिएको आयोजकले जनाएको छ ।

मेन्स र वुमेन्स सिंगल्स विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मेन्स र वुमेन्स डबल्स विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

३५ वर्षमाथि विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार, ४५ वर्षमाथि विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार, ५५ वर्षमाथि विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

जुनियरतर्फ विजेताले ६ देखि २० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । प्रतियोगिताको पुरस्कार मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले जनाए । जुनियर लेभलबाट खेलाडी उत्पादनमा सहयोग पुर्‍याउन प्रतियोगिता गरिएको एकेडेमीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २३, २०८० २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?