ग्रिनल्यान्ड र ग्राम शिक्षा विजयी

काठमाडौँ — ग्रिनल्यान्ड र ग्रामशिक्षा प्रथम बीएमसीए कप अन्तरस्कुल बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल पुगेका छन् ।

ग्रिनल्यान्ड र ग्राम शिक्षा विजयी

मंगलबार ग्रिनल्यान्डले आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘ए’ लाई ४९–३१ स्कोरले हरायो । ग्रिनल्यान्डका आशुतोष केसीले १० स्कोर गरे । छवि भोटेको १० स्कोरमा ग्रामशिक्षाले सेवासदनलाई २८–१८ स्कोरले हरायो ।

सिनियर ब्वाइजको प्रिक्वाटरफाइनलमा ग्रिनल्यान्डको भेट हिमालयन किङडमसँग हुनेछ भने ग्रामशिक्षाले बूढानीलकण्ठविरुद्ध खेल्नेछ । युनिभर्सिटी र एचएचसीए, गोल्डेनपिक र टीआईए, सेन्ट जोसेफ र जुगल, भद्रकाली र आयोजक बीएमसीए ‘बी’, इडेन ब्रिज एकेडेमी र नव ज्ञानभूमि तथा भ्याली पब्लिक र स्कोलर्स होमबीच प्रतिस्पर्धा हुनेछन् ।

गर्ल्समा हिमालयन किङडमले सेन्ट जोसेफलाई २२–१७ ले हराउँदा फूलमाया लामाले ७ स्कोर गरिन् । जुनियर ब्वाइजमा हिमालयन किङडमले सेन्ट जोसेफलाई २३–१६ ले र एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २०–१६ ले पन्छाए । किङडमका लोप्साङले ११ र एन्जल्स हार्टका आदित पुनले ५ स्कोर जोडे ।

संस्कृतिको जित

आयोजक संस्कृतिले तेस्रो संस्कृति कप अन्तरस्कुल बास्केटबल प्रतियोगितामा दोहोरो जित पाएको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा संस्कृतिले ज्ञानोदयलाई २९–२७ र गर्ल्समा एक्सेल्सियरलाई २३–८ ले हराए ।

ब्वाइजतर्फ टीआईएले अध्ययनलाई २९–५, एक्सेल्सियरले इम्पेरियललाई ३५–१२ र काठमाडौं भ्यालीले हेम्सलाई २८–१६ ले हराए । गर्ल्समा ज्ञानोदयले अध्ययनलाई १७–२ र काष्ठमण्डपले इम्पेरियललाई ३७–७ ले हराए ।

प्रकाशित : जेष्ठ २३, २०८० २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?