प्रिमियर गल्फमा सुवासको अग्रता

काठमाडौँ — सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फको पहिलो दिन ५ स्ट्रोकको अग्रता लिएका छन् । गोकर्ण गल्फ क्लबमा नेपालका नम्बर एक एमेच्योर गल्फर सुवासले मंगलबार ९ अन्डर ६३ को उत्कृष्ट स्कोर बनाए ।

प्रिमियर गल्फमा सुवासको अग्रता

सूर्य नेपाल गल्फ टुर सिजनको आठौं तथा अन्तिम प्रतियोगितामा व्यावसायिक गल्फर तोरणविक्रम शाही ५ स्ट्रोक पछाडि रहेर सुवासलाई पछ्याइरहेका छन् । तोरणले ४ अन्डर ६८ को स्कोर बनाए । जयराम श्रेष्ठ र शिवराम पौडेलले ३ अन्डर ६९ को स्कोरमा संयुक्त तेस्रो स्थान छन् ।

दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी सुवासले व्यावसायिक गल्फरहरूलाई पहिलो दिनदेखि नै दबाब दिनेक्रममा उत्कृष्ट सुरुआत गरे ।

एमेच्योर खेलाडी सद्भाव आचार्य २ अन्डर ७० सहित पाँचौं स्थानमा छन् । १ अन्डर ७१ को स्कोरमा डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईसहित कृष्णमान राजबहाक र दिनेश प्रजापति संयुक्त छैटौं स्थानमा छन् । सूर्यप्रसाद शर्मा, भुवन नगरकोटी, दलबहादुर लामा, रवि खड्का र राजेन्द्र थापामगर संयुक्त नवौं स्थानमा छन् । उनीहरूले पहिलो दिनको खेल इभन–पार ७२ मा सकेका थिए ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योरले ७२ होलको प्रतियोगिता खेल्नेछन् । ३६ होल समाप्तिमा शीर्ष २१ प्रो र कम्तीमा ६ एमेच्योर खेलाडीले कट बनाउने छन् ।

प्रकाशित : जेष्ठ २३, २०८० २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?