प्राइमलाई कर्पोरेट लिग क्रिकेट उपाधि

काठमाडौँ —  प्राइम बैंकले महालक्ष्मी कर्पोरेट लिग क्रिकेटको उपाधि जितेको छ । प्राइमले सोमबार बलपार्कमा भएको फाइनलमा माछापुच्छ्रे बैंकलाई ४० रनले पराजित गर्‍यो ।

प्राइमलाई कर्पोरेट लिग क्रिकेट उपाधि

कृतार्थ शाक्यको २४ र अनिल ढकालको २२ रनमा प्राइमले निर्धारित १० ओभरमा ६ विकेट गुमाई ८७ रन बनाएको थियो । माछापुच्छ्रेबाट विश्वास दाहालले २ र केशर रावलले १ विकेट लिए ।

माछापुच्छ्रेले जवाफमा ७ विकेट गुमाई ४७ रनमात्र बनाउन सक्यो । रोशन पाठकले ११ रन बनाए । प्राइमका सुनील खड्का र कमलेन्द्र श्रेष्ठले २–२ विकेट लिए । तीनदिने प्रतियोगितामा प्राइमले सेमिफाइनलमा एनआईसी एसिया बैंकलाई ३ रन र माछापुच्छ्रेले महालक्ष्मी विकास बैंकलाई ५ विकेटले हराए ।

प्राइमका कृतार्थ प्लेयर अफ द सिरिज भए । कामना सेवा विकास बैंकका समिर थापा क्षेत्री र छेतेन दोर्जे शेर्पा क्रमशः उत्कृष्ट बलर र ब्याटर, एनआईसी एसियाका सञ्जय गिरी उत्कृष्ट फिल्डर र रितेश अधिकारी उत्कृष्ट विकेटकिपर भए ।

प्रकाशित : जेष्ठ २२, २०८० २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?