कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाल्पा गोल्डकप : नेपाली सेनाको महीन्द्र दल गणसँग स्वयम्भू पराजित 

माधव अर्याल

पाल्पा — पाल्पामा जारी कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपाली सेनाको दि फेमस महीन्द्र दल गणले स्वयम्भू क्लब काठमाडौंलाई २–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । 

पाल्पा गोल्डकप : नेपाली सेनाको महीन्द्र दल गणसँग स्वयम्भू पराजित 

तानसेनको टुँडिखेलमा भएको खेलमा नेपाली सेनाका प्रज्ज्वल गुरुङले खेल सुरु भएको १४ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । ६५औं मिनेटमा नेपाली सेनाकै संगम माझीले गोल गरेर टिमलाई थप बलियो बनाए ।

आक्रामक र रक्षात्मक खेल खलेको स्वयम्भू क्लब काठमाडौंले गोल गर्न चुक्यो । सोमबारको खेलमा एक गोल गरेका नेपाली सेनाको महीन्द्र दल गणका गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार पाए ।

मंगलबार पहिलो सेमिफाइनल फोर ब्रदर्स पश्चिम नवलपरासी र सेन्ट्रल कलेज रोड्स चितवनबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक पाल्पा जिल्ला फुटबल संघका उपाध्यक्ष प्रज्ज्वल उदयले जानकारी दिए ।

जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ, पाल्पाली करुवा, मेडल, प्रमाणपत्र पाउने एन्फा पाल्पाका अध्यक्ष प्रणय वीरजंग राणाले बताए ।

प्रकाशित : जेष्ठ २२, २०८० २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?