दौडमा विकेश र हृदय च्याम्पियन

काठमाडौँ — पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा सोमबार विजेता भएका छन् । ब्वाइजमा विकेश र गर्ल्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो भए ।

दौडमा विकेश र हृदय च्याम्पियन

हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा पिनाकलका निनम राई दोस्रो र नकुल घर्ती तेस्रो भए । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौं र जोसेफका अमित बोहरा छैटौं भए ।

विश्व वातावरण दिवसका अवसरमा आयोजित दौडको गर्ल्समा कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोस्रो र भेनसकी सुक लामा तामाङ तेस्रो स्थानमा रहे । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलेन्टकी चाँदनी विष्टले क्रमशः चौथोदेखि छैटौं स्थानमा दौड टुंग्याए ।

ब्वाइज/गर्ल्स दुवैमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार नगर पुरस्कार हात पारे । चौथोदेखि छैटौं हुनेले सान्त्वनास्वरुप १ हजार पुरस्कार पाए ।

विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, हिसानका उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौंका अध्यक्ष शिवप्रसाद अधिकारीलगायतले पुरस्कृत गरे । दौडमा करिब ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान काठमाडौंका प्रकाश श्रेष्ठले जानकारी गराए ।

प्रकाशित : जेष्ठ २२, २०८० १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?