कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बास्केटबलमा भद्रकाली र साइपाल विजयी

काठमाडौँ —  भद्रकाली र साइपाल एकेडेमीले प्रथम बीएमसीए कप अन्तरस्कुल बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित पाएका छन् ।

बास्केटबलमा भद्रकाली र साइपाल विजयी

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ स्कोरले पराजित गर्‍यो । भद्रकालीका प्रतीक राईले २० स्कोर गरे । आयुश खड्काको ९ स्कोरमा साइपालले बीएमसीए ‘ए’ लाई २९–२० ले हरायो ।

सिनियर ब्वाइजमै सेन्ट जोसेफले एचएचसीएलाई ५२–४९ ले र बूढानीलकण्ठ आश्रमले नेसनल युनाइटेडलाई ३२–२५ ले हराए । सेन्ट जोसेफका निकेश तामाङले २५ र बूढानीलकण्ठका रेगन गुरुङले १३ स्कोर गरे ।

गर्ल्समा एचएचसीएले साइपाललाई ३१–२३ ले र ग्रिनल्यान्डले सेन्ट जेभियर्सलाई २१–१७ ले हराए । एचएचसीएकी प्रमिला लामा र ग्रिनल्यान्डकी श्रृषा गुरुङले ६–६ स्कोर गरे ।

जुनियर ब्वाइजमा स्किब्सले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २३–२०, हिमालयन किङडमले बीएमसीएलाई ३०–२१ र एन्जल्स हार्टले ग्रिनल्यान्डलाई २५–२० ले पराजित गरे । स्किब्सका सोहन ठकुरीले ११, हिमालयन किङडमका लोप्साङ तामाङले १४ र एन्जल्स हार्टका अंक्स घलेले ६ स्कोर जोडे ।

प्रकाशित : जेष्ठ २२, २०८० १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?