ज्लाटन इब्राहिमोविचले लिए संन्यास

एजेन्सी

मिलान — एसी मिलानका ज्लाटन इब्राहिमोविचले ४१ वर्षको उमेरमा आइतबार फुटबलबाट संन्यास लिएका छन् । यससँगै उनको सफल फुटबल खेल जीवनमा पूर्णविराम लागेको छ ।

ज्लाटन इब्राहिमोविचले लिए संन्यास

इटालीको सिरी ए मा मिलानका लागि अन्तिम खेल खेल्दै उनले भनेका छन्, ‘मैले फुटबलसँग बिदा लिएको छुं ।’ सिजनको अन्तिम दिनको खेलमा मिलानले भेरोनालाई ३–१ ले हरायो ।

उनले आफ्नो खेल जीवनमा ५ सय ११ गोल गरे । चार देशमा लिग उपाधि जित्ने क्रममा स्विडेनी खेलाडीले इन्टर मिलान, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेडका लागि खेले । यस क्रममा उनले कुल ३४ उपाधि हात पारे ।

इब्राहिमोविच स्विडेनका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले आफ्नो देशका लागि ६२ गोल गरेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?