कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पाल्पा गोल्डकप फुटबल : राईको ५ गोलले रोड्स चितवन सहजै सेमिफाइनमा

माधव अर्याल

पाल्पा — पाल्पामा जारी कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा सेन्ट्रल कलेज रोड्स चितवनले वीर गोर्खाली फुटबल क्लब लखनउ (भारत)लाई ५–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

पाल्पा गोल्डकप फुटबल : राईको ५ गोलले रोड्स चितवन सहजै सेमिफाइनमा

तानसेन टुँडिखेलमा भएको खेलमा रोड्स चितवनका लागि सबै गोल विक्की चाम्लिङ राईले गरेका हुन् । राईले खेल सुरु भएको ५ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाए ।

उनले ७२, ७७, ७९ र ८३ औं मिनेटमा लगातार ५ गोल गरे । आक्रामक र पटकपटक पोष्ट प्रहार गर्ने क्रममा लखनउ भारतका विजय गुरुङले ८२ औं मिनेटमा सान्त्वना गोल गरेका थिए । आइतबारको खेलमा ५ गोल गरेर टिमलाई विजयी बनाएका राई म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार पाएका छन् ।

सोमबार स्वयम्भु क्लब काठमाडौं र नेपाली सेनाको दि फेमस महिन्द्र दल गणबीच अन्तिम क्वार्टर फाइनल खेल हुने आयोजक पाल्पा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष मनोज लिगलले जानकारी दिए । जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ, ट्रफी, पाल्पाली करुवा, मेडल, प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले बताए ।

प्रकाशित : जेष्ठ २१, २०८० १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?