एनएसी कप पौडीमा षष्टिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौँ — नेपाल पौडी संघको आयोजनामा आइतबारबाट सुरू भएको 'एनएसी कप पौडी प्रतियोगिता'मा २०० मिटर बटरफ्लाईमा काठमाडौंकी सष्टिका भण्डारीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

एनएसी कप पौडीमा षष्टिकाको राष्ट्रिय कीर्तिमान

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितमा उनले ३ मिनेट ०६.४५ सकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यसअघि यो समूहको रेकर्ड नयना शाक्यको नाममा थियो । शाक्यले सन् २००४ मा ३ मिनेट ०९.९१ सेकेन्डमा यो दूरी पुरा गरेकी थिइन् ।

काठमाडौंको जेभियर इन्टरनेशल स्कुलबाट ४ जीपीए ल्याएर एसईई पास गरेकी १८ वर्षीया भण्डारी हाल थाइल्याण्डको युडब्लुसी कलेजमा आइबी ११ कक्षामा अध्ययनरत छिन् । सोमबारसम्म चल्ने प्रतियोगितामा पुरुष र महिलातर्फ गरी झण्डै साढे २ सय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । खुल्लातर्फ २८ स्वर्ण र उमेर समूहमा ३६ स्वर्णका लागि प्रतिस्पर्धा भएको हो ।

यस प्रतियोगिताबाट चीनको होन्जाउ सहरमा आगामी सेक्टेम्बर २३ देखि अक्टोवर ७ तारिखसम्म हुने १९औं एसियाली खेल अन्तरर्गत पौडी प्रतियोगितामा २/२ जना नेपाली महिला र पुरुष तथा १/१ जना वैकल्पिक खेलाडी छनोट गरिने पौडी संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो । यो प्रतियोगितामा काठमाडौं बाहिरबाट पनि विद्यालयहरुको सहभागिता छ । प्राप्त नतिजाको आधारमा उत्कृष्ट तीन विद्यालयहरुलाई ट्रफी प्रदान गरिने छ ।

पहिलो दिनको प्रतियोगिताको परिणाम

प्रकाशित : जेष्ठ २१, २०८० १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?