१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाललाई हराउँदै मलेसियाले गर्‍यो शृंखलामा बराबरी, अन्तिम खेल निर्णायक

काठमाडौँ — पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको चौथो खेलमा नेपाललाई ४ विकेटले हराउँदै मलेसियाले २-२ को बराबरी गरेको छ । शनिबार बिहान नेपाली राष्ट्रिय महिला टिमले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपाललाई हराउँदै मलेसियाले गर्‍यो शृंखलामा बराबरी, अन्तिम खेल निर्णायक

मलेसियाका लागि विन्फ्रेड एन दुराइसिंगमले सर्वाधिक ३८ रन बनाइन् । उनले ५२ बलमा २ चौकासहित उक्त योगफल तयार पारेकी हुन् । त्यस्तै माहिरा इजाती इम्माइलले १६ रन बनाउँदा मास इल्यासा यास्मिन जुल्किफ्लीले १३ रन बनाइन् । नेपालका लागि कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर र कविता जोशीले १/१ विकेट लिए ।

यसअघि मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा नेपालले ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् ।

त्यस्तै बिन्दु रावलले २४ रन बनाउँदा कविता कुँवरले नटआउट १२ रन बनाइन् । मलेसियाका लागि विन्फ्रेड एन दुराइसिंगमले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै माहिरा इजाती इस्माइल र आइसा इलिसा फिरदौजले १/१ विकेट लिए ।

यसअघि नेपालले मलेसियाविरुद्ध दोस्रो र तेस्रो खेल जितेको थियो । तेस्रो खेल नेपालले २७ रनले जितेको थियो भने दोस्रो खेलमा ७ विकेटको जित हात पारेको थियो । पहिलो खेलमा भने नेपाल ५ विकेटले स्तब्ध भएको थियो ।

उपाधिका लागि अब निर्णायक खेल शनिबार हुनेछ ।

प्रकाशित : जेष्ठ २०, २०८० १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?