३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

साइकल र्‍यालीसँगै ‘ओलम्पक डे’ को सुरुआत

काठमाडौँ — विश्व साइकल दिवसको अवसर पारेर शनिबारदेखि २१ दिनको ‘ओलम्पिक डे’ कार्यक्रम सुरु भएको छ । कार्यक्रमको अवसरमा वसन्तपुरदेखि सातदोबाटोसम्म साइकल र्‍यालीको आयोजना गरियो । नेपाल साइक्लिङ संघको आयोजनामा भएको कार्यक्रममा कुल १ सय १५ साइकल चालकको सहभागिता थियो ।

साइकल र्‍यालीसँगै ‘ओलम्पक डे’ को सुरुआत

त्यसमध्ये २० महिला रहेका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वसन्तपुरमा आयोजित विशेष कार्यक्रमबीच र्‍यालीको उद्घाटन गरे । र्‍याली वसन्तपुरबाट त्रिपुरेश्वर, जावलाखेल हुँदै कमिटीको सातदोबाटोस्थिति भवनमा आएर टुंगेको थियो । ओलम्पिक डे जुन २३ मा मनाइनेछ र त्यस दिन मुख्य कार्यक्रम हुनेछ ।

त्यस अगाडि तीन सातासम्म विभिन्न कार्यक्रम हुनेछन् । ओलम्पिक कमिटी अन्तर्गतको स्पोर्टस अफ अल कमिसनका अनुसार यसपल्ट ओलम्पिक डेका अवसरमा छ हजार कार्यक्रमको आयोजना गरिनेछ र त्यसमा तीन लाख भन्दा बढीको सहभागिता रहनेछ । नेपालमा दुई दशक भन्दा अगाडिदेखि ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रमको आयोजना हुँदै आएको छ ।

प्रकाशित : जेष्ठ २०, २०८० ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?