खुला बास्केटबलमा ललितपुर हाई विजयी

काठमाडौँ — ललितपुर हाईले दोस्रो मदन भण्डारी स्मृति खुला बास्केटबल प्रतियोगितामा शुक्रबार सफलता पाएको छ ।

खुला बास्केटबलमा ललितपुर हाई विजयी

कीर्तिपुर कभर्डहलमा महिलातर्फ ललितपुर हाईले धरान बास्केटबल संघलाई ७२–३९ स्कोरले पराजित गर्‍यो । विजेताका लागि काभ्या सिङलाले १४ स्कोर गरिन् ।

महिलातर्फ नै रोयलले कीर्तिपुर बास्केटबल टिमलाई ८१–३० ले र बूढानीलकण्ठ बास्केटबल क्लबले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ६८–२० स्कोरले हराए । रोयलकी मीना गुरुङ र बूढानीलकण्ठकी बिनामनि योञ्जन मोस्ट भ्यालुएबल प्लेयर भए ।

पुरुषमा आर्मीले डाउनटाउन स्पोर्ट्स सेन्टरमाथि ९५–८३ को जित दर्ता गर्‍यो । आर्मीका रामकृष्ण घताने मोस्ट भ्यालुएबल प्लेयर भए ।

प्रकाशित : जेष्ठ २०, २०८० ०६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?