१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

हिमालयन बैंक गल्फ हुने

काठमाडौँ — हिमालयन बैंक गल्फ प्रतियोगिता हुने भएको छ । रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शुक्रबार र शनिबार हुने प्रतियोगितामा १ सय २० भन्दा बढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । 

हिमालयन बैंक गल्फ हुने

महिला, पुरुष, ग्रस, सिनियर, सुपर सिनियर, गेस्ट, हिमालयन बैंक कस्टमर्स जुनियर, गर्ल्ससहितका नौ विधाका विजेतालाई पुरस्कृत गरिने हिमालयन बैंकका प्रमुख व्यवस्थापक समिर आचार्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । विभिन्न २० पुरस्कार राखिएको छ । हिमालयन बैंकले ३० औं वार्षित्कोत्सव मनाउँदै गरेकाले एउटा पुरस्कार ३० औं स्थानमा रहनेले पाउने उनले जनाए ।

‘हिमालयन बैंकले गल्फ खेललाई पहिला देखि नै प्रवर्धन गर्दै आएको छ, बैंककै खर्चमा हामीले आफ्ना स्टाफलाई गल्फ पनि सिकाउने गरेका छौं, त्यसैले यस्तो प्रतियोगिता आयोजना गर्नु हाम्रो दायित्व हुन्छ,’ आचार्यले भने, ‘जुनियरतर्फ २०–२२ खेलाडीले प्रतिस्पर्धा गर्न आफ्नो नाम दर्ता गराएका छन्, यो गल्फका लागि सकरात्मक पाटो हो ।

गेस्ट र युवासहितको ६० खेलाडीले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् भने बाँकीले शनिबार खेल्ने छन् । धेरै खेलाडीले सहभागिताका लागि अनुरोध गरे पनि १ सय २० खेलाडीभन्दा बढी खेलाउन नसकिने आरएनजीसीका सचिव कृष्णकुमार अग्रवालले बताए । खुल्लातर्फ आरएनजीसीका सदस्यहरुले खेल्ने छन् ।

प्रतियोगिता स्टेबल फोर्ड ३/४ संरचनामा खेलिने छ । हिमालयन बैंकका प्रमुख व्यवस्थापक जयेन्द्रविक्रम शाहले प्रतियोगिता बैंकको नियमित इभेन्ट भएको जनाए । आरएनजीसीका क्याप्टेन मिथुन राईले प्रतियोगिताका लागि आरएनजीसी तयार रहेको जनाए ।

प्रकाशित : जेष्ठ १८, २०८० १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?