१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रोड्स चितवन क्वाटरफाइनलमा

पाल्पा — कर्णेल उजिरसिंह स्मृति पाल्पा गोल्डकप फुटबलमा बुधबार चितवनको सेन्ट्रल कलेज रामपुर फुटबल क्लब रोड्स क्वाटरफाइनल पुगेको छ । रोड्सले न्यु युथ युनियन फुटबल क्लब पाल्पालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्‍यो ।

रोड्स चितवन क्वाटरफाइनलमा

तानसेन टुँडिखेलमा निर्धारित समयमा दुवैले १–१ गोल गरेका थिए । थप समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । खेलको चौथो मिनेटमा चितवनका विक्की राईले गोल गरेर टिमलाई अग्रता दिलाए । पाल्पाका मनीष तामाङले ३६ औं मिनेटमा बरबरी गोल फर्काए ।

टाइब्रेकरमा चितवनका विक्की, आकाश थापामगर, सन्तबहादुर गुरुङ र सचिन थापा मगरले गोल गरे । युथ युनियनका सुशील थापा र खमिर सिंजालीले गोल गरे भने सन्दीप राना र तारा थापा गोल गर्न चुके । म्यान अफ द म्याच चितवनका जितेश गुरुङ भए । उनले ३ हजार पाए ।

बिहीबार स्वयम्भू युथ क्लब काठमाडौं र विष्णु पादुका युथ क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ १७, २०८० २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?