एसियाडलाई करातेबाट ८ खेलाडी छनोट


काठमाडौँ — चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेबाट ८ खेलाडी छनोट गरिएको छ ।


सातदोबाटोस्थित कराते हलमा बुधबार सम्पन्न अन्तिम छनोट प्रतियोगिताबाट पुरुष/महिलामा ४–४ खेलाडी छनोट भएको प्रमुख प्रशिक्षक तुलसी महर्जनले जनाएका छन् ।
पुरुष ६० केजीमुनि सन्तोष श्रेष्ठ, ६७ केजीमुनि मोहम्मद शेख आलाम, ८४ केजीमाथि विप्लव श्रेष्ठ र एकल कातामा स्वर्णिम मानन्धर छनोट भएका छन् । महिलातर्फ ६७ केजीमाथि आरिका गुरुङ, ६१ केजीमुनि निरुपा तामाङ, ५५ केजीमुनि सविना श्रेष्ठ र एकल कातामा एलिशा रास्कोटी छानिए । एसियाली खेलकुद असोज ६ देखि हुँदै छ ।
प्रकाशित : जेष्ठ १७, २०८० २०:२०