२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ओलावालेको ह्याट्रिकमा मछिन्द्रको जित

काठमाडौँ — आफिज ओलावालेको ह्याट्रिकको मद्दतले मछिन्द्रले सहिद स्मारक लिग ए डिभिजनमा बुधबार सातदोबाटोलाई ३–१ ले हराएको छ । यस जितसँगै मछिन्द्र दोस्रो स्थानमा उक्लिन सफल रह्यो । मछिन्द्र शीर्षको चर्च ब्वाइजभन्दा २ अंकले पछाडि छ ।

ओलावालेको ह्याट्रिकमा मछिन्द्रको जित

चर्च ब्वाइजको ४१ अंक छ भने मछिन्द्रको ३९ अंक भएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोका लागि जोर्डन पुनले १ गोल फर्काए । सातदोबाटो भने २६ अंकमै सीमित रहेर सातौं स्थानमा रह्यो ।

बुधबारकै अर्को खेलमा रेलिगेसनको तनावबाट गुज्रिरहेको थ्रीस्टार र संकटाले गोलरहित बराबरी खेले । च्यासलमा भएको यो खेलको नतिजापछि दुवैको समान २७ अंक भएको छ । दुवै रेलिगेसनबाट ३ अंकको दूरीमा छन् ।

प्रकाशित : जेष्ठ १७, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?