कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाल्पा गोल्डकपमा २८ बिघा विजयी

पाल्पा — तानसेनमा जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार २८ बिघा पूर्व नवलपरासीले रूपन्देही–११ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको छ ।

पाल्पा गोल्डकपमा २८ बिघा विजयी

निर्धारित समयमा दुवै पक्षबाट १–१ गोल र थप समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । पेनाल्टीमा २८ बिघाका अजित लामा, शिव बोटे, वीरेन्द्र सारु र सुन्दास चौधरीले गोल गरे । रूपन्देही–११ का सुजित चौधरी, मिसान दर्लामी र मनोज श्रेष्ठले गोल गरे पनि निसान न्यौपाने गोल गर्न असफल भए ।

पहिलो हाफमा दुवै टिमबाट गोल भएन । दोस्रो हाफको १३ औं मिनेटमा नवलपरासीका प्रकाश पुनले गोल गरेर अग्रता दिलाए । रूपन्देहीका बलराम न्यौपानेले ३७ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । म्यान अफ द म्याच नवलपरासीका गोलरक्षक वीरेन्द्र सारु भए । उनले ३ हजार पाए । २८ बिघाले जेठ २० मा होराइजन फुटबल क्लब वालिङसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार रोड्स रामपुर चितवन र गार्डेन फुटबल क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ १६, २०८० २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?