बीएमसीए बास्केटबल बुधबारदेखि

काठमाडौँ — बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबार सुरु हुँदै छ ।

बीएमसीए बास्केटबल बुधबारदेखि

प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २७, सिनियर गर्ल्समा १६ र जुनियर ब्वाइजमा १० टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई ८ समूह, सिनियर गर्ल्सलाई ४ समूह र जुनियर ब्वाइजलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ ।

तीनै विधाका विजेताले १५ हजार र उपविजेताले १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ मोस्ट भ्यालुएबल प्लेयर, उत्कृष्ट थ्री प्वाइन्टर र सर्वाधिक स्कोरकर्तालाई पुरस्कार गरिने छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङले खेलकुदमा पहिलो प्रयासस्वरुप विद्यालयले बास्केटबल प्रतियोगिता गरेको र यसलाई निरन्तरता दिइनेमा जोड दिइन् ।

बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकारको पनि सहयोग हुने विश्वास व्यक्त गरे ।

११ दिने प्रतियोगिताका खेल बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित आयोजकको कोर्टमा खेलाइने छ ।

प्रकाशित : जेष्ठ १६, २०८० २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?